३ महिनामा एभरेष्ट इन्स्योरेन्सले ३ करोड रुपैयाँ नाफा आर्जन गर्यो, प्रतिशेयर आम्दानी घट्यो « Arthapath.com
२ श्रावण २०८३, शनिबार

३ महिनामा एभरेष्ट इन्स्योरेन्सले ३ करोड रुपैयाँ नाफा आर्जन गर्यो, प्रतिशेयर आम्दानी घट्यो



काठमाडौं । एभरेष्ट इन्स्योरन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५०.७४ प्रतिशत बढेर ३ करोड ९ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ करोड ५ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क २६.४३ प्रतिशत बढेर १५ करोड ३१ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ११ लाख ४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको पुनर्बीमा कमिशन ३२.७५ प्रतिशत बढेर ३ करोड ९२ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख ३ हजार रुपैयाँ पुनर्बीमा कमिशनवापत आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ६२.८१ प्रतिशत बढेर ६ करोड ५४ लाख ८४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४ करोड २ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

त्यस्तै, कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ८१ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा यस्तो आम्दानी ८५ लाख ८९ हजार रुपैयाँ गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ८ प्रतिशत बढेर १ अर्ब १८ करोड ३६ लाख ४ हजार रुपैयाँ, जगेडा कोष ३७.६१ प्रतिशत बढेर ३९ करोड ८८ लाख ५७ हजार रुपैयाँ र बीमा कोष २९.२९ प्रतिशत बढेर ४४ करोड २१ लाख ८१ हजार रुपैयाँ सञ्चित छ ।

समिक्ष अवधिमा कम्पनीले ३१ हजार १९७ वटा बीमालेख जारी गरि ३४ करोड २ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २५ हजार ८७१ बीमालेख जारी गरि २६ करोड ९१ लाख १९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ३९.५४ प्रतिशत घटेर १६ करोड ४२ लाख ८५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २७ करोड १७ लाख ७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।

गत आर्थिक बर्षको यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १५ पैसा रहेको थियो भन चालु आवमा १० रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६ पैसा र मुल्य आम्दानी अनुपात ६२.६० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्