मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । उनले मलाई विश्वासको मत छ भनि राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ जनाले मतदान गरेका छन् ।
सभामुख प्रदीपकुमार घण्डारीले मुख्यमन्त्री राईको पक्षमा प्राप्त भएको मत प्रदेशसभामा हालकायम रहेका सदस्यको बहुमत भएकाले विश्वासको मत पाएको घोषणा गरेका छन ।
मुख्यमन्त्री राईलाई नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।
प्रदेशसभाका रहेका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको पक्षमा र प्रमुख विपक्षी दल नेकपा एमालेका २९ जना सांसदले विपक्षमा मतदान गरेको हुन ।













