ज्योति लाइफको सबै सूचकमा उल्लेख्य रुपमा सुधार, प्रतिशेयर आम्दानी सामान्य घट्दा अन्य सूचक बढे « Arthapath.com
२ श्रावण २०८३, शनिबार

ज्योति लाइफको सबै सूचकमा उल्लेख्य रुपमा सुधार, प्रतिशेयर आम्दानी सामान्य घट्दा अन्य सूचक बढे



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २७.७७ प्रतिशत बढेर ९ करोड २२ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क ५०.४२ प्रतिशत बढेर ७९ करोड १ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको लगानी कर्जा तथा अन्य आय आम्दानी १४८.९८ प्रतिशत बढेर ९ करोड ५५ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको लगानी कर्जा तथा अन्य आय आम्दानी ३ करोड ८३ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको बीमालेख धितो लगानी ३६.३९ प्रतिशत बढेर ५० करोड ६१ लाख ४५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको बीमालेख धितो लगानी ३७ करोड १० लाख ९८ हजार रुपैयाँ गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको कुल बीमाशुल्क ४९.८६ प्रतिशत बढेर ८१ करोड ७८ लाख २७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ५७ लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आवको ३ महिनामा कम्पनीको खुद दाबी भुक्तानी ११५२ प्रतिशत बढेर ५ करोड ३६ लाख ६३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४२ लाख ८६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यसअवधिसम्म कम्पनीको कुल दाबी भुक्तानी ६६० प्रतिशत बढेर ७ करोड ९७ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको छ । असोज मसान्तसम्म कम्पनीको १४४ वटा दाबी बापत ५ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आमदानी १८.७६ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात ३३.५० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्