राष्ट्रिय बीमा संस्थानको नाफा १ करोड ५३ लाख पुग्यो, अन्य सुचक कस्तो ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको नाफा ५२ प्रतिशतले उकालो लागेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १ करोड ५३ लाख ४७ हजार नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा कम्पनीले १ करोड २ लाख ७२ हजार नाफा कमाएको थियो । यो गत वर्षको तुलनामा ५२ प्रतिशत धेरै हो ।
नाफा संगै कम्पनिको आम्दानी पनि ३४ प्रतिशतले बढेको छ । पहिलो तीन महिनामा कम्पनिले २ करोड ५३ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधीमा कम्पनिको आम्दानी १ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको बीमाशुल्क ७ प्रतिशतले बढेको छ । गत वर्ष ४ अर्ब २१ करोड ४४ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले समिक्षा अवधीमा ४ अर्ब ५३ करोड ३१ लाख १० हजार बीमा शुल्क आर्जन गरेको हो ।
१८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनिले जगेडा कोषमा ३५ करोड ७७ लाख ७८ हजार र बीमा कोषमा ३७ अर्ब ४४ करोड ३९ लाख सञ्चित रहेको छ । जगेडा कोष र बीमा कोष क्रमश २० र २ज्ञ प्रतिशतले बढेको हो ।













