पूर्व अर्थमन्त्री पाण्डेको प्रश्न, हरेक महिना १० प्रतिशत बजेट खर्च गर्नलाई जनयुद्धमा मान्छे ढालेको जस्तो हो र ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बजेट खर्च कसरी हुन्छ भन्नेबारे थाहा नै नभएको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आरोप लगाएका छन् । केही दिनअघि अर्थमन्त्री शर्माले हरेक महिना १० प्रतिशत बजेट खर्च गर्ने नीति बनाउने बताएका थिए । एक अनलाइन मिडीयासँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले जनयुद्धमा मान्छे ढालेको जस्तो हो र ? भनेर प्रश्न गरेका छन् । त्यसका लागि अध्ययन गरेर गहिराइमा पुगेर कार्यान्वयन गर्ने संयन्त्र तयार हुने पाण्डे बताउँछन् ।
वर्तमान सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेटलाई बजेट नै नमान्ने पाण्डे बताउँछन् । मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट लैजानको लागि नयाँ शीर्षक मात्रै थप गरेको आरोप पनि पूर्वमन्त्री पाण्डेले आरोप लगाए । बजेट खर्च गर्नका लाथि मन्त्रालयमा जनशक्ति अभाव भएमा थप कर्मचारी राख्नुपर्ने उनको भनाई छ ।
केपी ओलीको सरकारले तुलनात्मक रुपमा धेरै काम गरेको दाबी उनले गरेका छन् । वर्तमान सरकारले कुनै काम नै गर्न नसकेको आरोप उनले लगाए । कोरोना महामारीले गर्दा ओलीको सरकारले काम गर्न नपाएको पाण्डे बताउँछन् ।













