इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा « Arthapath.com
५ मंसिर २०७८, आईतवार

इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा



काठमाडौं । इन्फिनिटी लघुवित्तले वित्तीय संस्थाले सेयरधनीलाई २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २९.१६ प्रतिसत लाभांश घोषणा गरेको छ ।

लाभांस नेपाल राष्ट्र बैंककबाट स्वीकृत तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

लघुवित्तले २७.७० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तको हाल चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँ रहेको छ । २७.७० प्रतिशत बोनस शेयर वितरण पछि चुक्ता पूँजी ४१ करोड ४५ लाख १८ हजार ६३३ रुपैयाँ ७४ पैसा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्