नेकपा एमालेको १० औँ महाधिवेशन एकता ऊर्जा र सङ्कल्पको महाधिवेशन हो : ज्ञवाली
काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन एकता, ऊर्जा र सङ्कल्पको महाधिवेशन हुने नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । प्रेस चौतारी नेपाल उपत्यका प्रदेशले आयोजना गरेको विचार र नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १० औँ महाधिवेशन एकता, ऊर्जा र सङ्कल्पको महाधिवेशन हुने बताए ।
हाम्रो पार्टी फुटेपछि केही ज्योतिषहरूले एमाले सकियो भन्दै भविष्यवाणी गरेका थिए तर अब त्यस्तो नभएर यो महाधिवेशन एकता, ऊर्जा र सङ्कल्पको महाधिवेशन हुने बताए । “व्यापारीसङ चन्दा लिँदा व्यापारी अनुकूल निर्णय गर्नुपर्ने भएकोले सङ्गठित सदस्यबाट १ सय रुपैयाँ उठाएर महाधिवेशन गर्ने तयारी गरेका छौँ ” उनले भने ।
कार्यक्रममा बोल्दै ज्ञवालीले कुनै रुख काट्न तेहि रुखको हाँगो बन्चरोको विड बनाएर काट्न प्रयोग भएजस्तै कम्युनिस्ट आन्दोलन समाप्त पार्न एमालेमै रहेका कमरेडहरू सक्रिय रहेको उनले बताएका हुन । उनले सुर्यचिन्हको मतले चुनाव जितेर काङ्ग्रेसको पाउमा बुझाउनु गलत रहेको उनले बताए ।













