गणपति लघुवित्तलाई २० प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं । गणपति लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ ।लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २ करोड ५४ लाख ७० हजार रुपैयाँ बराबरको २० प्रतिशत लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेको हो ।
लघुवित्त संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी १२ लाख ७३ लाख ५६ हजार रुपैयाँको १९ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनको लागि १ प्रतिशत गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन ।
