सेन्चुरी बैंक खाता ’खल्ती’ मा लिङ्क गर्दा १०० बोनस र स्मार्टफोन उपहार

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सेन्चुरी बैंक खाता ’’खल्ती’’सँग लिङ्क गर्ने जोकोहीले १ सय बोनस प्राप्त गर्ने भएका छन । साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने सक्ने खल्तीले जनाएको छ ।
उक्त बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने बैंकले जनाएको छ । जसको लागि प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने त्यसैगरि प्रयोगकर्ताको ’खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ’खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिने कम्पनिले जनाएको छ ।
१०० बोनस अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म ’खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिले पाउनेछन् ।“हामीले मानिसहरूलाई डिजिटल भुक्तानीहरू प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौं। अब ग्राहकले पटक पटक पैसा लोड गर्ने झन्झट झेल्नु पर्दैन । धेरै मानिसहरू यो सेवालाई बढी रुचाउँछन् दिन्छन् किनभने यसले उनीहरूलाई लिङ्क गरेको एक बैंकबाट कुनै पनि बैंक मा सेकेन्ड मै ’खल्ती’ डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले बताए ।