कोराना विरुद्ध नेपाल टेलिकमको १२ करोड सहयोग « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

कोराना विरुद्ध नेपाल टेलिकमको १२ करोड सहयोग



काठमाडौं । हाल कोरोना भाइरस विश्वभर फैलिरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेकोले सरकारले स्थापना गरेको कोषमा नेपाल टेलिकमले आर्थिक सहयोग गरेको छ । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको हो । उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो ।

आईतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य–सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्