नेकपा एमाले महाधिवेशनको उद्घाटन समारोह
काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन् । १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा कार्यकर्ताहरुको ताँति लागेको छ ।

मञ्चमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल लगायतका नेताहरु छन् । भारत लगायतका देशबाट निम्ताइएका विदेशी पाहुनाहरु मञ्चमा आसिन छन् ।
महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने छन् ।













