नेकपा एमालेको अध्यक्षमा २ जनाको उम्मेद्वारी « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नेकपा एमालेको अध्यक्षमा २ जनाको उम्मेद्वारी



काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि दुई जनाले उम्मेद्वारी दिएका छन् । वर्तमान अध्यक्ष समेत रहेका केपी शर्मा ओली र डा. भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा ओली र रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, जारी १० औं राष्ट्रिय महाधिवेशनमा घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नवौं महाधिवेशनबाट उपाध्यक्षमा विजयी रावल, उपमहासचिव भूषाल र सचिव आचार्यको नाम पदाधिकारीको टिममा परेको थिएन ।


प्रतिक्रिया दिनुहोस्