एमालेमा उम्मेद्वारी दर्ता गराउन कुन पदमा कति शुल्क तिर्नुपर्छ ?
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको समयसीमा सकिएको छ । सहमतिमा नेतृत्व चयन गर्ने भनिएपनि त्यो सम्भव हुन सकेन् । अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ । निर्वाचनमा उम्मेद्वारी दर्ता गराउने प्रक्रिया चलिरहेको छ ।
एमालेको निर्वाचनमा उम्मेद्वारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तयार गरेको छ । जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ ।
यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ ।














