आरएमडिसी लघुवित्तको २५ लाभांश घोषणा, बोनश र नगद कति ? « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

आरएमडिसी लघुवित्तको २५ लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

आज बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुुजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९ सय ३९ को २० प्रतिशत बोनश शेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ५ प्रतिशतनगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीह्ररुले पाउँनेछन । बोनस शेयर वितरणगरेपछि बैंकको चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्