फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न , १०.५३ प्रतिशत लाभांश पारीत « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न , १०.५३ प्रतिशत लाभांश पारीत



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२ औं साधारण सभा समपन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ ।

कम्पनिले हाल कयम चुक्ता पुजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँको १० प्रतिशत बोनश शेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ०।५३ प्रतिशत नगद लाभांशले हुने ९ करोड २२ लाख ९६ हजार बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको हो ।

साधारण सभा तथा लाभांश वितरणको लागि कम्पनिले मंसिर ५ गते बुक क्लोज गरेको थियो । तसर्थ मंसिर २ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले लाभांशपाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्