३० प्रतिशत लाभांश पारित गर्न छिमेक लघुवित्तको साधारण सभा पौष २३ गते, बुक क्लोज कहिले ? « Arthapath.com
२७ मंसिर २०७८, सोमबार

३० प्रतिशत लाभांश पारित गर्न छिमेक लघुवित्तको साधारण सभा पौष २३ गते, बुक क्लोज कहिले ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समतिकिो मंसिर २६ गते बसेको बैठकले २० औँ वार्षिक साधारण सभा पौष २३ गते बोलाएको हो । लघुवित्तको सभा मकवानपुरको हेटौडामा विहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश पारित गर्नेछ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सभाले अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्य गर्न प्रबन्धपत्रमा संसोधन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पौष ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्