कोरोना बीमा गलत थियो, पोलिसि जारी गर्दा २० पटक सोच्नुहोस् : अर्थमन्त्री शर्मा « Arthapath.com
२७ मंसिर २०७८, सोमबार

कोरोना बीमा गलत थियो, पोलिसि जारी गर्दा २० पटक सोच्नुहोस् : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तत्कालीन बीमा समिति र सरकारले जारी गरेको कोरोना बीमाको कारण आफ्नो सरकार बदनाम बनेको बताएका छन् । तत्कालीन सरकार र बीमा समितिले हचुवाको भरमा कोरोना बीमाको पोलिसि बेच्दा अहिले सरकारलाई ठुलो आर्थिक भार परेको बताएका छन् । 

बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रमलाई संशोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमाका कारण सरकारलाई ठुलो आर्थिक नोक्सानी परेको बताए । तत्कालीन समयमा बीमा समितिले महामारीको बीमा गरेर गलत गरेको उनको भनाई थियो । 

२ वर्ष अघि बीमा समितिले कोरोना महामारीको ६ सय र १२ सयमा ५० हजार र १ लाखको कोरोना बीमाको पोलिसि जारी गरेको थियो । कोरोना सङ्क्रमित हुँदा कुल दाबिनै १९ अर्ब परेको थियो । बीमा कम्पनी, बीमा समिति, पुर्नबीमा कम्पनी र विभिन्न कोषबाट गरेर ७ अर्ब कोरोनाको दाबी भुक्तानी गर्दा अझै १२ अर्बभन्दा माथिको दाबी भुक्तानी भएको छैन । 

अर्थमन्त्री शर्माले कोरोना बीमाको दाबी कसरी तिर्ने भन्ने बारेमा बीमा समितिमा छलफल गरे पनि कुनै प्रगति भएको छैन । बीमाको दाबी भुक्तानी नहुँदा जनमासमा बीमा गरेर पनि दाबीको भुक्तानी नपाइने भन्दै जनविश्वास घट्दो छ । 

अर्थमन्त्री शर्माले बीमाको पोलिसि बेच्दा २० पटक सोच्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । मन्त्री शर्माले कोरोना बीमाको दाबी भुक्तानीको लागी सरकारले पहल गरिरहेको बताए । 

भवन शिलान्यास कार्यक्रममा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, गभर्नर महाप्रसाद अधिकारी, भवन विभाग प्रमुखका महानिर्देशक, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललगायत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्