प्रभु लाईफ इन्स्योरेन्सद्धरा वार्षिकोत्सवको अवसर पारेर शैक्षिक गुठीलार्ई ५ लाख हस्तान्तरण « Arthapath.com
२८ मंसिर २०७८, मंगलवार

प्रभु लाईफ इन्स्योरेन्सद्धरा वार्षिकोत्सवको अवसर पारेर शैक्षिक गुठीलार्ई ५ लाख हस्तान्तरण



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले पाँचौ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । इन्स्योरेन्सले वार्षिकोउत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका वालवालिकाहरुका शिक्षाको लागि योगदान गर्ने कार्यक्रम संचालन गरेको छ ।

कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ ।

कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानले उक्त रकम हस्तान्तरण गरेको इन्स्योरेन्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्