हिमालय रिइन्स्योरेन्सको नाफा ५ करोड रुपैयाँ « Arthapath.com
२८ मंसिर २०७८, मंगलवार

हिमालय रिइन्स्योरेन्सको नाफा ५ करोड रुपैयाँ



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड ७६ लाख ८० हजार रुर्पयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको समीक्षा अवधिसम्म चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष रकम ५ करोड १८ लाख २७ हजार रुपैयाँ, बीमा कोष ४ करोड ८१ लाख २७ हजार रुपैयाँ र महाविपत्ती कोष ४ लाख ६० हजार रुपैयाा रहेको छ ।

कम्पनीको भुक्तानी हुन बाँकी दाबी वापत व्यवस्था २९ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, लगानी, कर्जा तथा अन्य आयबाट १० लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ । असोज मसान्तसम्म कम्पनीले १० करोड ७१ लख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १५ करोड २९ लाख रुपैयाँ पुनर्बीमा कमिशन वापत खर्च गरेको छ । यस्तै ३ करोड २२ लाख रुपैयाँ व्यवस्थापन वापत खर्च भएको छ ।


प्रतिक्रिया दिनुहोस्