वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट ६ सय एमबिपिएस

काठमाडौं । वल्डलिकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्रायको छ । बुधबार एक कार्यक्रममा विच बल्डलिंकले उक्त योजना सार्वजनिक गरेको छ । उपभोक्तालाई उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको बन्डलिंकले जनाएको छ । यसमा नोकिया बैंकन ३.० राउटर प्रयोग भएको छ ।
यो संगै बसिफको इन्टरनेटको स्पिड अप कम्तिमा पनि १५० एमबीपीएस गतिका हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्तालाई पहिलाको भन्दा पनि सस्तो मुल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने बल्डलिंकद्धार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैया अर्थात मासिक एक हजार दुई सय रुपैयाँ १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मुल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
‘वल्डलिक सधै उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरूप हामीले नयाँ योजना सार्वजनिक गरेका हौ’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल भने ।