नेपाली युवा उद्यमी मञ्च र ललितपुर च्याप्टरबीच सम्झौता
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) र ललितपुर च्याप्टरबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रम युवा उद्यमीहरूलाई सकारात्मक ब्यापारिक सोच र दृष्टिकोणलाई सशक्त बनाउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
आभूषण ज्योति कंसाकारको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको छ । जसमा राज श्रेष्ठ प्रथम उपाध्यक्ष र सुमित श्रेष्ठ दोस्रो उपाध्यक्ष रहेका छन् । एनवाईईएफको राष्ट्रिय गभर्निङ काउन्सिल र नवगठित ललितपुर च्याप्टरबीच एमओयू आदानप्रदान भएको हो ।
उक्त एमओयूमा राष्ट्रिय गभर्निङ काउन्सिल (एनजीसी) का तर्फबाट एनजीसीका अध्यक्ष उदीप श्रेष्ठ र ललितपुर च्याप्टरका तर्फबाट अध्यक्ष आभूषण ज्योति कंसाकारले हस्ताक्षर गरेका थिए । नयाँ कार्यसमितिमा मनिष थापा, रोविन झा, शिकार पाण्डे, एल्विस रञ्जित, निरज अग्रवाल, बिलशा श्रेष्ठ, विश्वास अधिकारी रहेका छन् ।
समारोहमा एनजीसीका अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । एनजीसीका च्याप्टर उपाध्यक्ष सुमोदमान सैंजुले अध्यायको दिशानिर्देशका साथै अगाडि बढ्नका लागि आवश्यक उद्देश्य र भविस्यमा पालना गर्नु पर्ने कामहरुको व्याख्या गरे । ललितपुर च्याप्टरका नवनिर्वाचित अध्यक्ष कंसाकारले आफ्नो कार्यकालको भावी योजना र उद्देश्य व्यक्त गरेका थिए । उनले आफ्नो कार्यकालका लागि औपचारिक रूपमा कार्यकारी समिति गठन भएको कुरा प्रस्तुत गर्दै विभिन्न उत्तरदायित्व र जिम्मेवारीहरूको रूपरेखा पनि प्रस्तुत गरे ।
च्याप्टरको औपचारिक उद्घघाटन कार्यक्रम र विशेष समारोहका लागि जनवरी २०२२ को पहिलो हप्ताको लागि गर्ने तय भएको छ ।













