संसद खाेल्न बल्ल प्रधानमन्त्री अग्रसर, आइतबार बाेलाए सर्वदलिय बैठक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

संसद खाेल्न बल्ल प्रधानमन्त्री अग्रसर, आइतबार बाेलाए सर्वदलिय बैठक



काठमाडाैं । साउनदेखी एमालेले अवराेध गर्दै आएकाे संसद खाेल्न बल्ल प्रधानमन्त्री शेरबहादुर देउवा अग्रसर भएका छन् । गत मंगलबार पार्टी सभापतीमा निर्वाचित भएसँगै प्रधानमन्त्री देउवा राष्ट्रिय राजनितीमा देखा परेका सबै समस्याका बारेमा छलफल गर्न बैठक बाेलमएका छन् ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगकाे भेटपछि देउवाले सर्वदलिय बैठक बाेलाएका हुन् । गत साउनदेखी बन्द हुँदै आएकाे संसद खुलाउन पहल थाल्ने र एमसिसि पास गर्ने रणनितीका साथ सर्वदलिय बैठक बाेलाईएकाे हाे ।

सर्वाेच्च अदालतकाे परमादेशबाट प्रधानमन्त्री भएका देउवा सरकारले अध्यादेश ल्याएर एमाले पार्टी फुटाएकाे थियाे । भाेलीकाे सर्वदलिय बैठकमा एमालेबाट चाेईटिएर बनेकाे नेकपा एकिकृत समाजवादीपार्टीलाई पनि बाेलाएकाे भन्दै एमाले बैठकमा सहभागी नहुने जनमएकाे छ ।

प्रधमनमन्त्री देउवाले आइतबार ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बाेलाएका छन् ।

देउवा सरकार संसद खाेलाएर संसदबाट स्वनिका साथ एमसिसि पास गर्न चाहन्छ । त्यसैले पनि संसद खाेल्न प्रम अग्रसर भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्