जीवन बीमक संघमा आवद्ध कम्पनीले वार्षिक १ लाख रुपैयाँ सदस्यता शुल्क बुझाउनु पर्ने

काठमाडौं । जीवन बीमक संघमा आवद्ध कम्पनीहरुले वार्षिक १ लाख रुपैयाँ सदस्यता शुल्क बुझाउनु पर्ने भएको छ । यसअघि २५ हजार रुपैयाँ वार्षिक सदस्यता शुल्क थियो । त्यसलाई बृद्धि गर्दै अबदेखि संघमा आवद्ध जीवन बीमा कम्पनीहरुले वार्षिक सदस्यता शुल्क १ लाख रुपैयाँ पुर्याएको हो । जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।
जीवन बीमा कम्पनीहरुको पेशागत हकहितका लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बिशेष अतिथि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल रहेका थिए ।
संघको सभाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, गत आर्थिक बर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह वित्तीय विवरणमाथि छलपल गरी पारित गनरेको छ । सभाले २०७८–७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।