एफपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्न उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा « Arthapath.com
५ पुष २०७८, सोमबार

एफपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्न उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । शनिबार बसेको संचालक समितिको बैठकले पुस २८ गते बुधबार सातौं वार्षिक साधारण सभा होटल मौर्या रुपन्देही भैरहवामा गर्ने छ ।

साधारण सभाले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको ३० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ । त्यस्तेगरी सभामा सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पेश हुने छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १४ गते बुधबार एक दिनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । तसर्थ पुस १३ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्