सुरक्षा व्यवस्था गृहमन्त्रालय मिलाउँछ, होटल तथा रेष्टुरेन्ट २४ सै घण्टा खोलौंः गृहमन्त्री खाँण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुरक्षा व्यवस्था गृहमन्त्रालय मिलाउँछ, होटल तथा रेष्टुरेन्ट २४ सै घण्टा खोलौंः गृहमन्त्री खाँण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला राख्न प्रस्ताव गरेका छन् ।

सोमवार अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्च सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

होटल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने उनले बताए । त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालय तयार रहेको मन्त्री खाँणको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्