सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ लाभांश ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति छ लाभांश ?



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष ९ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा बोलाएको छ ।

वार्षिक सभामा कम्पनीको गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात, आव २०७६–०७७ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आव २०७७–७८ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, बोनश शेयर जारी पश्चात वित्तीय संस्थाको जारी पुजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि लगायतका विषयहरु समावेश गरि संस्थाको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्