बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेका हुन् ।
समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले रिजाललाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।
स्थायी घर दाङ भएका रिजालले अर्थशास्ज्ञमा स्नातकोत्तर गरेका छन् भने अध्यापन पेशामा पनि उनी आवद्द छन् । उनले बीमा क्षेत्रको समसामियक नीति निर्माण गर्न आफ्नो विशेष भूमीका र सक्रियता रहने पनि जानकारी दिए ।