४५ प्रतिशत लाभांश पारित गर्न नेशनल माईक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१३ पुष २०७८, मंगलवार

४५ प्रतिशत लाभांश पारित गर्न नेशनल माईक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ६ गते साधारण सभा बोलाएको छ । माईक्रोफाइनान्सले क्रिक रिसोर्ट, धादिङबेशी, धादिङमा बिहान ११ बजेबाट माघ ६ गते आठौं साधारण सभा बोलाएको छ ।

साधारण सभाले हाल कायम चुक्ता पुजीको ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगदगरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

त्यस्तैगरी साधारण सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु समेत पारीत गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस २७ गतेदेखि बुक क्mलोज गर्ने छ । तसर्थ पुस २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले पाउँनेछन् ।


प्रतिक्रिया दिनुहोस्