१ कार्तिक २०८३, आइतबार

वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द



काठमाडौं । लकडाउन थप भएसंगै सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय भएको हो।

यसअघि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। मंगलबार थप १५ दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।

बैठकले आन्तरिक उडानको विषयमा भने केही निर्णय नगरेको सविच विडारीले बताए।