भोली शनिबार गणपति लघुवित्तको साधारण सभा हुदै, २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गदै

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोली हुदै छ । भोली शुनिबार लघुवित्तको ५ औं साधारण सभा हुन लागेको हो । लघुवित्तकोsa साधारण सभा भोली हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी, दुलेगौडा, तनहुँमा बिहान ११ बजे शुरु हुने छ ।
साधारण सभाले हाल कायम चुक्ता पुजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।
सभाले यस लघुवित्त वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्रले पुस ७ गतेदेखि बुक क्लोज गर्ने छ । तसर्थ तसर्थ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।