मन्त्रिपरिषद्को बैठक साढे १ बजे बस्दै
काठमाडौं । आज दिउँसो साढे १ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको हो ।
बैठकमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल गर्ने बताइएको छ ।












