सूर्या लाइफको संचालकमा ६ जना निर्वाचित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको १३ औं वार्षिक साधारणसभाले संचालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।
संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल र विवेक झा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल र बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका हुन् ।
कम्पनीले मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा ४९ हजार ७१७ अभिकर्ताहरु मार्फत १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब १ करोड ८५ लाख ७१ हजार ३१८ रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै कुल दावी भुक्तानी २९ करोड १८ लाख ६७ हजार ३१० रुपैयाँ गरेको जनाएको छ ।