भोली सोमबारसम्म कायम शेयरधनीहरुले पाउँनेछन नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश « Arthapath.com
२५ पुष २०७८, आईतवार

भोली सोमबारसम्म कायम शेयरधनीहरुले पाउँनेछन नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश



काठमाडौं । भोली सोमबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस २६ गते अर्थात भोली सोमबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले ४५ प्रतिशत लाभांश पाउने छन् ।

लघुवित्त संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

माघ ६ गते विहान क्रिक रिसोर्ट धादिङबेशी धादिङमा हुने ८ औं साधारण सभाले प्रस्तावित लाभांश वितरण गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्