महुली लघुवित्तका सभाले २६ प्रतिशत लाभांशसहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्यो « Arthapath.com
२५ पुष २०७८, आईतवार

महुली लघुवित्तका सभाले २६ प्रतिशत लाभांशसहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्यो



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ९ औं साधारण सभा सम्पन भएको छ । हिजो शनिबार भएको ९ औं साधारण सभाले लाभांश ससहित एफपीओ निष्काशन गर्ने प्रस्तावलाई पारीत गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ । सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी साधारण सभाले अर्को उपयुक्त वित्तीय संस्थालाई गाभ्ने गाभिने अथवा अन्य कुनै कम्पनीसँग गाभिने प्रयोजनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा हिजो शनिवार कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ मुहली, सप्तरीमा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्