निर्धन उत्थान लघुवित्तको ३१.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । निर्धन उत्थान लघुवित्तको ३१.०५ प्रतिशत पारीत भएको छ । लघुवित्तको २३औं साधारण सभाले ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आइतवार कम्पनीको केन्द्रिय कार्यालय नक्साल भगवती काठमाडौंमा सम्पन्न भएको सभाले २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५५ प्रतिशत नगद लाभांश गरि कुल ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १३ गते बुक क्लोज गरेको थियो । तसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।