प्रदेश लोकसेवा आयोग कर्णालीले माग्यो कर्मचारी, यसरी दिनुहोस आवेदन « Arthapath.com
२७ पुष २०७८, मंगलवार

प्रदेश लोकसेवा आयोग कर्णालीले माग्यो कर्मचारी, यसरी दिनुहोस आवेदन



काठमाडौं । प्रदेश लोकसेवा आयोग कर्णालीले कर्मचारी माग गरेको छ । आयोगले मंगलबार एक सुचना जारी गदै ठ्लो संख्यामा स्थाई पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/ प्राविधिकतर्फ कर्मचारीको माग गरेको हो ।

आयोगले अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातितर्फ ६ जना गरि ९२ जना कर्मचारी माग गरेको हो ।
यस्तैगरि आयोगले खुला, आदिवासि जनजाती, महिला, दलित प्राविधिकतर्फ ३५३ जना कर्मचारी माग गरेको छ । आयोगले प्राविधिक तर्फ तथ्यांक सहायक, सव इन्जिनियर, पशु स्वास्थ् प्राविधिक, रेन्जर, कम्प्यूटर अपरेटर, स्टाफनर्स, रेडियोग्राफर लगायत विभिन्न पदमा कर्मचारी आवहान गरेको हो ।

योग्यता पुगेकाले माघ १० गतेसम्म सिङ्गल र दोब्बर दस्तुर तिरी माघ २४ गतेसम्म https://ppsconline.karnali.gov.np/#/loginमा गएर अनलाईन आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्