जानकी फाइनान्सको लाभांश घोषणा

काठमाडौं । जानकी फाइनान्स कम्पनीको लाभांश घोषणा भएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीहरुलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ६० करोड ४ लाख ११ हजार १०० रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती गरेपछि फाइनान्सको साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।