प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बोनश र नगद कति ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । बीमा समितिले नगद लाभांश वितरण गर्नमा रोक लगाएपछि इन्स्योरेन्सले लाभांश संशोधन गरेको हो ।
संशोधन गरेसंगै इन्स्योरेन्सले १४ प्रतिशत बोनश शेयर वितरण गर्ने छ । संचालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअघि ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरणको लागि इन्स्योरेन्सले माघ ५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आउदो माघ ४ गतेसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।