फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.१० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २१.६६ रुपैयाँ « Arthapath.com
५ माघ २०७८, बुधबार

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.१० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २१.६६ रुपैयाँ



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार माइक्रोफाइनान्सको नाफा ३८.१० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधीमा ७ करोड ५६ लाख १६ हजार ५९३ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख ३२ हजार ६५० रुपैयाँ नाफा आर्जन गरेको छ ।

नाफा संगै माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ५० प्रतिशतले बढेर १८ करोड २३ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १२ करोड १५ लाख १३ हजार रुपैयाँ कमाएको थियो । सञ्चालन मुनाफा १४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा उक्त आम्दानी १० करोड २५ लाख रहेको थियो ।

समिक्षा अवधीमा माइक्रोफाइनान्सले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट ९ अर्ब ९३ करोड ८८ लाख ११ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग सापटी लिई ९ अर्ब ८५ करोड २८ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवमा कम्पनिले ८ अर्ब ६१ करोड रुपैयाँ सापट लिई ८ अर्ब १५ करोड रुपैयाँ कर्र्र्र्र्जामा लगानि गरेको थियो ।

माइक्रोफाइनान्सको चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ पुगेको छ । जगेडा कोषमा १५ करोड २४ लाख २४ हजार रहेको छ ।

अन्य सुचक संगै कम्पनिको प्रतिशेयर आम्दानी ४.४१ रुपैयाँले बढेर २१.६६ रुपैयाँ पुगेको छ । कम्पनिको प्रतिसेयर नेटवर्थ १२७.३७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्