सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त भएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठलाई नियुक्त गरेको हो ।
कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो । कम्पनीले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
