५२ करोडको हकप्रद शेयर निष्काशन गदै शिखर इन्स्योरेन्स, बुक क्लोज कहिले ? « Arthapath.com
१३ माघ २०७८, बिहीबार

५२ करोडको हकप्रद शेयर निष्काशन गदै शिखर इन्स्योरेन्स, बुक क्लोज कहिले ?



काठमाडौं । हकप्रद शेयर निष्काशनको लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ २१ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ माघ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित हकप्रद शेयर पाउने छन् ।

इन्स्योरेन्सले १ बराबर ०.३ अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई अघिल्लो साता हकप्रद शेयर निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्