महिला लघुवित्तको नाफा बढ्यो, ईपीएस ११०.९७ रुपैयाँ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ५०.५० प्रतिशत बढेर ८ करोड १८ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ४३ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ६०.४० प्रतिशत बढेर १४ करोड ४९ लाख ६० हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिम बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ८६ लाख ३७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पौष मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ७१ प्रतिशत घटेर ३ करोड ८१ लाख २ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६ करोड ५२ लाख १७ हजार रुपैययाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५९.३२ प्रतिशत बढेर १४ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष २१.२९ प्रतिशत बढेर २३ करोड १७ लाख ६० हजार रुपैयाँ, निक्षेप ३० प्रतिशत बढेर १ अर्ब १२ करोड ७४ लाख ४९ हजार रुपैयाँ र कर्जा २८ प्रतिशत बढेर ३ अर्ब ९१ करोड २ लाख ५७ हजार रुपैयाँ रहेका छ । लघुवित्तले समिक्षा अवधिमा २ अर्ब ४४ करोड रुपैयाँ सापटि लिएको छ ।
पौष मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा २.८४ प्रतिशत र कस्ट अफ फण्ड ११.२३ प्रतिशत रहेको छ ।