४ महिनामा नै गोर्खाज फाइनान्सको सञ्चालकबाट रेशु अग्रवालको राजिनामा

काठमाडौं । गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले राजिनामा दिएकी छिन् । अग्रवालले माघ ५ गते सञ्चालक समितिको सदस्यबाट दिएको राजिनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो ।
फाइनान्सका अनुसार अग्रावालले आफ्नो ब्यक्तिगत कारणले राजिनामा दिएकी हुन् ।
अग्रवाल गत असोज १८ गते सम्पन्न २६ औ वार्षिक साधारणसभाबाट सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएकी थिइन् । तर संचालक बनेको ४ महिनामै फाइनान्सको सञ्चालकबाट बाहिरिएकी हुन् ।
