नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले १४.७३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट भने ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
