सानिमा लाइफको नाफा ६९.३५ प्रतिशत र बीमा शुल्क आर्जन २१.५२ प्रतिशत बढ्यो, ईपीएस ९.३९ रुपैयाँ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ६९.३५ प्रतिशत बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको दोस्रोमा ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१.५२ प्रतिशत बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३७.६५ प्रतिशत बढेर १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
चालु आवको ६ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २१.३२ प्रतिशत बढेर १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ र हालसम्मको कुल बीमा शुल्क आर्जन १४३.५७ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको भुक्तानी हुन बाँकी रकम शुन्य रहेको छ भने १ हजार २४२ वटा दाबी वापत १३ करोड ८३ लाख ९५ हजार रुपैउाँ भुक्तानी गरेको छ । कम्पनीको अभिकर्ता कमिशन २० करोड ३ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको अभिकर्ता कमशिन १५ करोड ४६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४२.८५ प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष ९३..२८ प्रतिशत बढेर ३३ करोड २३ लाख ४६ हजार रुपैयाँ, जीवन बीमा कोष ७३.५१ प्रतिशत बढेर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ र महाविपत्ती कोष ८४.१५ प्रतिशत बढेर ३ करोड ४९ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६०.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको थियो ।