मेटलाइफको नाफा ३६.४० प्रतिशत घट्यो

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३६.४० प्रतिशत घटेर १० करोड ३९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३३ लाख ९१ हजार रुपैयाँ खुद आम्दानी गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क ३.४४ प्रतिशत बढेर २ अर्ब ५४ करोड ४२ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ९९ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.८५ प्रतिशत बढेर २ अर्ब १८ करोड ६० लाख ९१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७७ करोड ९३ लाख ७९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको जगेडा कोष २ अर्ब ५७ करोड ९ लाख ७७ हजार रुपैयाँ, जीवन बीमा कोष १९ अर्ब ६१ करोड ८५ लाख ५० हजार रुपैयाँ र महाविपत्ती कोष ३० करोड ४ लाख ३७ हजार रुपैयाँ रहेको छ ।