लुम्बिनी जनरल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको माघ २६ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ९.५२३८ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.४७६१९ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
