पौष महिनामा निर्जीवन बीमा कम्पनीको बीमाङ्क ८ अर्ब हुँदा कुल दाबी ३ अर्ब, कुनको कति ?

काठमाडौं । पौष महिनमा मात्रै निर्जीवन बीमा कम्पनीहरुको बीमाङ्क रकम ८ अर्ब रुपैयाँ पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुको बीमाङ्क रकम ७ खर्ब ९७ अर्ब ८४ करोड ४ लाख ८५ हजार रुपैया रहेको छ ।
समितिको तथ्याङ्क अनुसार नेपाल इन्स्योरेन्स कम्पनीको बीमाङ्क रकम ८० अर्ब ३३ करोड १ लाख ९७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको बीमाङ्क रकम ७६ अर्ब १८ करोड ९४ लाख ७७ हजार रुपैयाँ, नेको इन्स्योरेन्सको ७४ अर्ब ५५ करोड २८ लाख ६४ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ६५ अर्ब ७९ करोड ९३ लाख ८२ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको ६१ अर्ब ७४ करोड ३३ लाख ५१ हजार रुपैयाँ र दि आरिएन्टल इन्स्योरेन्सको ५१ अर्ब १३ करोड १९ लाख ७० हजार रुपैयाँ बीमाङ्क रकम रहेको बीमा समितिले जनाएको छ ।
समितिको तथ्याङ्कअनुसार २१ हजार दाबी वापत ३ अर्ब रुपैयाँ बराबरको कुल दाबी रकम परेको छ । पौष महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २१ हजार ७३ वटा दाबी वापत २ अर्ब ९० करोड ९६ लाख २७ हजार रुपैयाँ कुल दाबी रकम परेको हो । जसमा सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनीको ४ हजार ४७२ वटा दाबी वापत ६० करोड ७४ लाख ५९ हजार रुपैयाँ कुल दाबी रकम परेको हो ।
