नेपाल लाइफको नाफा ६९.६४ प्रतिशत घट्दा ईपीएस ३.६२ रुपैयाँमा झर्याे « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

नेपाल लाइफको नाफा ६९.६४ प्रतिशत घट्दा ईपीएस ३.६२ रुपैयाँमा झर्याे



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६९.६४ प्रतिशत घटेर १३ करोड ४ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमाशुल्क ५.९८ प्रतिशत बढेर १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३१.२३ प्रतिशत बढेर ७ अर्ब ३० करोड ६६ लाख ३४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ५६ करोड ७५ लाख ४६ हजार रुपैयाँ दुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी १ खर्ब ७० अर्ब ८ करोड २३ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी १ खर्ब ३६ अर्ब ७२ करोड ९० लाख ८१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ, जगेडा कोष ६६.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड २५ लाख २३ हजार रुपैयाँ, जीवन बीमा कोष २३.२५ प्रतिशत बढेर १ खर्ब २४ अर्ब ८३ करोड ९३ लाख ५४ हजार रुपैयाँ र महाविपत्ती कोष २०.१७ प्रतिशत बढेर ७१ करोड ९७ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा घटेर ३ रुपैयाँ ६२ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.६६ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्