संसद् बैठक ५ मिनेट बसेर स्थगित, अर्को बैठक फागुन ६ गते बस्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

संसद् बैठक ५ मिनेट बसेर स्थगित, अर्को बैठक फागुन ६ गते बस्ने



काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

माधव नेपाल लगायत पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न मागगर्दै एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभामा लगातार अवरोध गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्